२०८२ साउन ३१ शनिबार
Jhapa Today
Adv top

बिर्तामोडको एक ग्यारेजमा आगलागी


बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडमा रहेको एक ग्यारेजमा आगलागी भएको छ । बिर्तामोड-२ रामचोकमा रहेको ग्यारेजमा हिजो राति आगलागी भएको हो ।

आगलागीबाट करिब १० लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । हिजो राति ११ः१५ बजे रामचोकमा बिर्तामोड-१ बस्ने यदुनाथ मिश्रले सञ्चालन गरेको ग्यारेजमा अचानक विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट एकतले टिनको छानो, टिनको बेरा भएको ग्यारेज र इन्जिन बनाउने छवटा मेसिन, बनाउन ल्याइएका विभिन्न सवारी साधनहरुको सातवटा इन्जिन पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ग्यारेजमा मर्मतको लागि ल्याइएको मे. १ क ६४४ नम्बरको टिपरको अगाडिको भागमा सामान्य क्षति पुगेको छ ।

बिर्तामोड र भद्रपुर नगरपालिकाका दुईवटा दमकल र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा राति १२ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Adv footer