२०८२ साउन ३१ शनिबार
Jhapa Today
Adv top

मेचीनगरमा टिपरको ठक्करबाट तीन महिला घाइते


बिर्तामोड, साउन ३१ । झापाको मेचीनगरमा टिपरले तीनचक्के विद्युतीय सवारीसाधन सिटी सफारीलाई ठक्कर दिँदा तीनजना महिला घाइते भएको प्रहीले जनाएको छ ।

घाइते हुनेहरुमा सिटी सफारीमा रहेका मेचीनगर-८ शान्तिटोलकी ४२ वर्षीया सरिता श्रेष्ठ, सोही ठाउँकी ४५ वर्षीय हर्ककुमारी मगर र ४७ वर्षीया सुस्मिता श्रेष्ठ रहेका छन् ।

आज बिहान ११ः४० बजे मेचीनगर–८ सिर्जना चोकस्थित भित्री पक्की सडकखण्डमा गिरीगाउँबाट इटाभट्टातर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५२१२ नम्बरको टिपरले ओभरटेक गर्दा सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३८७० नम्बरको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो ।

घाइतेहरुको स्थानीय साई सिमरम मेडिकल हल इटाभट्टामा उपचार भएको छ । उनीहरुको अवस्था सामान्य र खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टिपर चालक खोटाङ रावावेशी ६ बस्ने २५ वर्षीय रोशन गुरुङ, सिटी सफारी चालक मेचीनगर ८ गिरीगाउँ बस्ने ५२ वर्षीय अर्जुन गिरी र दुवै सवारीसाधन अस्थायी प्रहरी पोस्ट इटाभट्टाको नियन्त्रणमा रहेको छ ।

Adv footer