२०८२ भदौ १ आइतबार
Jhapa Today
Adv top

सुनचाँदीको मूल्य घट्यो


बिर्तामोड, भदौ १ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख  ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख ९६ हजार २०० रुपैयाँ थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज दश ग्राम सुनको मूल्य एक लाख ६७ हजार ६१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९८० रुपैयाँ ५० पैसा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ सामान्य घटेको बताइएको छ । भारतका विभिन्न सहरशरुमा आज सुनको भाउ घटेको दरमा सार्वजनिक भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएको छन् । 

Adv footer