२०८२ भदौ १ आइतबार
Jhapa Today
Adv top

बिर्तामोडमा भारतीय कारको ठक्करबाट एक महिला घाइते, ठक्कर दिएर भाग्ने सहनी किङ्सबेरीबाट पक्राउ


बिर्तामोड, भदौ १ । झापाको बिर्तामोडमा एकजना महिलालाई ठक्कर दिएर भागेको भारतीय नम्बर प्लेटको कार र चालकलाई होटल द किङ्सबेरी क्षेत्रभित्रबाट नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १ः४५ बजेतिर सो भारतीय कारले हनुमान पेट्रोल पम्पअगाडि स्कुटरमा रहेकी एकजना महिलालाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट बिर्तामोड-१ की ३७ वर्षीया उमा अधिकारी घाइते भएकी छन् । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटरमा असधकारी एक्लै थिइन् ।

पूर्वपश्चिम मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डब्ल्युबी ७६ बि ३९०८ नम्बरको कारले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१६ प ६१०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएर भागेको कार र चालकलाई होटल द किङ्सबेरीको कम्पाउन्डमा प्रहरीले सिसी टिभी क्यामेराको आधारमा फेला परेको प्रहरीले जनाएको छ ।

कार र कार चालक भारत बागडुग्रा बस्ने ४३ वर्षीय पवन सहनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । स्कुटर जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको छ ।

Adv footer