
बिर्तामोड, भदौ २ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ ।

देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज सोमबार देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, देशको बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराई लगायत कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
