२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

दमकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु


बिर्तामोड, भदौ ३ । झापाको दमकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा रहेकी एकजना महिलाको मृत्यु भएको छ । आज बिहान ८ बजे भएको दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

ल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा कमल-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमा मृत्यु भएको हो । मुनाका पति मोटरसाइकल चालक ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् ।

सुकदेवले चलाएको प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई दमक ७ पशुडाँडामा प्र १–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो ।

पूर्वपश्चिम राजमार्गमा दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सुकदेवको बायाँ खुट्टामा सामान्य चोट लागेको छ ।

ट्रक चालक तेह्रथुम लालीगुँरास ४ बस्ने २५ वर्षीय आङदावा शेर्पा, ट्रक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Adv footer