२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

झापामा करेन्ट लागेर साउनमा मात्र पाँचजनाको मृत्यु


बिर्तामोड, भदौ ३ । झापामा करेन्ट लागेर साउन महिनामा मात्र पाँचजनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण करेन्ट लागेर मृत्यु हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा झापामा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ ।

गत चार महिनामा झापामा करेन्ट लागेर ११ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरु अधिकांश विद्युत सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दाहरु छन् ।

लामो समय पर्याप्त वर्षा नभएपछि जिल्लामा धान रोप्न र रोपेको खेतमा पानी लगाउन मोटर चलाउने क्रम बढेको छ । जसमा पर्याप्त प्राविधिक ज्ञान नभएका सर्वसाधारण व्यक्तिहरु दुर्घटनाको शिकार भएका छन् ।

करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गएकाले पानी तान्ने मोटर लगायतका विद्युतीय उपकरण चलाउने सर्वसाधारणलाई सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।

Adv footer