२०८२ भदौ ४ बुधबार
Jhapa Today
Adv top

महेशपुरको निताई आयुर्वेदिक केन्द्रमा अनुमतिबिना एलोपेथिक औषधिको बिक्री


बिर्तामोड, भदौ ३ । झापाको भद्रपुरमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको निताई आयुर्वेदिक उपचार केन्द्रले एलोपेथिक औषधि बिक्री गरिरहेको भेटिएको छ ।

हाडजोर्नीको उपचार गर्दै आएका निताईसिंह राजवंशीले सञ्चालन गरेको सो आयुर्वेदिक उपचार केन्द्रले अनुमतिबिना एलोपेथिक औषधि बिक्री गरिरहेको भेटिएको हो ।

भद्रपुर नगरपालिकाले आज गरेको अनुगमनमा राजवंशीले औषधि व्यवस्था विभागको इजाजत नलिई एलोपेथिक औषधि बिक्री गरेको पाइएको हो ।

आयुर्वेदिक औषधि बिक्री गर्नुपर्नेमा अन्य औषधि फेला परेपछि तत्काल हटाउन निर्देशन दिइएको नगरपालिकाले जनाएको छ । राजवंशीले आफूलाई आयुर्वेदिक चिकित्सक बताउँदै आएका छन् ।

अनुगमन टोलीले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यवसायीलाई कारबाही नगरी पहिलोपटकलाई भन्दै सचेत गराएर त्यतिकै छाडिदिएका छन् ।

भद्रपुरको महेशपुरमा राजवंशीले आयुर्वेदिक विधिबाट हड्डीको उपचार गर्ने गरेका छन् । कानुनविपरीत काम गर्दै आएका उनलाई कारबाही नगरिएपछि मानव स्वास्थ्यमा खेलाँची भएको बताइएको छ ।

Adv footer