बिर्तामोड, भदौ ४ । झापाको कमल गाउँपालिकामा करेन्ट लागेर एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको आज दिउँसो २ बजे मृत्यु भएको हो ।

जिल्ल प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल–३ खानपानी टोल बस्ने रञ्जीत राईका छोरा २१ वर्षीय उज्ज्वल राई रहेका छन् ।

राईको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ढ्यांग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा राई आफैँलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर ढलेका राईको उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको हो । उनको दिउँसो ३ बजे मृत्यु भएको थियो ।

झापामा करेन्ट लागेर साउन महिनामा मात्र पाँचजनाको मृत्यु भएको थियो । ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण करेन्ट लागेर मृत्यु हुने गरेको छ ।
