२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

सैनिकमोडका होटलमा लागुऔषधको कारोबार, हालसम्म छजना पक्राउ


बिर्तामोड, भदौ ८ । झापाको बिर्तामोड लागुऔषध कारोबारको अखडा बनिरहेको बेला किनबेचको धन्दा होटलहरुमा भइरहेको प्रहरीले पत्ता लगाएको जनाएको छ । पछिल्लो समय सैनिकमोडका होटलहरुमा यस्तो कारोबार हुँदै आएको छ ।

होटलभित्रै लागुऔषध बेचबिखन धन्दा चलिरहेको पाइएको हो । प्रहरीले अहिलेसम्म होटलबाट लागुऔषधसहित छजनालाई पक्राउ गरेको छ । यसै क्रममा प्रहरीले शनिबार साँझ बिर्तामोड-३ सैनिकमोडबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

सैनिकमोडको सेभेन इन होटलको क्याबिनमा बिर्तामोड-५ शुभबिहानी टोल बस्ने ३३ वर्षीय सुरज गुरुङले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको छ ।

प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी सहायक निरीक्षक पदम विष्टको टोलीले जाँच गर्दा उनको साथबाट ३९० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

उनले प्रयोग गरेको प्र १–०१–०१२प १०४६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ ।

यसअघि गत साउन २६ गते सैनिकमोडकै मेची वान् होटेलबाट लागुऔषधसहित पाँचजना युवालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको जनाएको छ ।

Adv footer