२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

दमक नगर प्रहरीको भ्यानद्वारा तीनवटा सवारीसाधनलाई ठक्कर


बिर्तामोड, भदौ १० । दमक नगर प्रहरीको भ्यानले हिजो राति तीनवटा सवारी साधनलाई ठक्कर दिएको छ । भ्यानले राति ९ः२० बजे दमक नगरपालिका ६ सन्तवीर चोकमा ठक्कर दिएको हो ।

प्र १–०१–००१ झ २३० नम्बरको दमक नगर प्रहरीको भ्यानले सोही स्थानमा रोकिराखेको प्र १–०१–०१७ प ५१६२ नम्बरको स्कुटर, प्र १–०१–०१६ प ७०७३ नम्बरको मोटरसाइकल र सि.न.पा.ई ०१९ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको हो ।

ठक्करबाट तीनवटै सवारी साधनमा क्षति पुगेको छ । नगर प्रहरीको सो भ्यान दमक २ बस्ने दावा दोर्जे तामाङले चलाएका थिए ।

स्कुटर दमक-६ बस्ने पूजाकुमारी साह, मोटरसाइकल दमक-६ बस्ने विष्णुकुमार नेम्वाङ र सिटी सफारी दमक-२ बस्ने श्याम माझीको भएको बताइएको छ ।

सबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer