२०८२ भदौ १६ सोमबार
Jhapa Today
Adv top

शनिबारदेखि पानी पर्न कम हुने, आज दिनभर वर्षाको सम्भावना


बिर्तामोड, भदौ १३ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज भने देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण छ ।

वरिष्ठ मौसमविद प्रतिभा मानन्धरले आज शुक्रबार झापासहित धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने बताइन् ।

उनका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ (नेपालको भूभाग नजिक) र पूर्वमा सरदर स्थानमा (भारतमा) रहेको छ ।

साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । त्यसैले केही दिनयता बादल लाग्ने र पानी पर्ने भइरहेको छ । शनिबारबाट भने त्यसमा सुधार हुने प्रक्षेपण छ ।

अर्का मौसमविद गोविन्द झाले पनि शनिबार मनसुनी गतिविधि केही कम हुने जानकारी दिए । ‘शनिबार नेपालमा मनसुनको गतिविधि तुलनात्मक रुपमा अलिकति कमजोर रहने देखिन्छ,’ मौसमविद झाले भने ।

Adv footer