२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

आज दिनभर पानी पर्ने


बिर्तामोड, भदौ १४ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण आज दिनभर पानी पर्ने सम्भावना रहेको छ ।

जसको प्रभावले देशभर साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । झापालगायतका जिल्लामा अहिले बिहान ७ बजेदेखि नै हल्का तथा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

Adv footer