२०८२ भदौ १६ सोमबार
Jhapa Today
Adv top

सुन तोलाको २ लाख ३ हजार ६००


बिर्तामोड, भदौ १५ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले र चाँदी ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ लाख  ३ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ६०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार र तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज दश ग्राम सुनको मूल्य एक लाख ७४ हजार ५५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ७९रुपैयाँ रहेको छ ।

Adv footer