
बिर्तामोड, भदौ १६ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार तोलामा २ हजार ४२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज दश ग्राम सुनको मूल्य एक लाख ७६ हजार १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ११७ रुपैयाँ ५० पैसा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।





