२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

सुनको मूल्यमा नयाँ रेकर्ड


बिर्तामोड, भदौ १७ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ लाख  ५ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य २ लाख ५ हजार ३०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार तोलामा २ हजार ४७०  रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज दश ग्राम सुनको मूल्य एक लाख ७६ हजार ५२५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १३० रुपैयाँ ५० पैसा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

Adv footer