२०८२ भदौ १८ बुधबार
Jhapa Today
Adv top

अधिकारीद्वारा जन्मदिनको अवसरमा २५ हजार सहयोग


बिर्तामोड, भदौ १८ । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा अर्का एकजना व्यवसायीले नगद सहयोग प्रदान गरेकी छन् ।

बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ ।

आफ्नो जन्मदिनको अवसर पारेर आज हिमालय भेराइटिजकी सञ्चालक सीता अधिकारी न्यौपानेले राहत कोषका लागि २५ हजार ५०० रुपैयाँ प्रदान गरेकी हुन् ।

संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोष व्यवसायीका लागि उपयोगी भएको भन्दै जन्मदिनका अवसरमा श्रीमान् लक्ष्मी न्यौपानेसहित उपस्थित भएकी उनले सो रकम कोषका संयोजक राजु घिमिरे र महासचिव कुशल खतिवडालाई हस्तान्तरण गरेकी थिइन् ।

रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष जीवन खड्का, सदस्यहरु केदार खनाल, रमेश घिमिरे, सुष्मा उप्रेती, सत्रुघन रौनियार, विपिन बजगाईंलगायत सहभागी थिए ।

राहत कोषमा हालसम्म २५ लाख रुपैयाँ जम्मा भइसकेको उपाध्यक्ष खड्काले जानकारी दिए ।

Adv footer