२०८२ भदौ १९ बिहीबार
Jhapa Today
Adv top

झापाका चार पालिकामा भोलि स्थानीय विदा


बिर्तामोड, भदौ १९ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०० औँ जन्मोत्सवको उपलक्ष्यमा झापाका चार पालिकाहरुले भोलि स्थानीय विदा दिएका छन् ।

भद्रपुर नगरपालिका , कचनकवल गाउँपालिका , बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले भोलि स्थानीय विदा दिएका हुन् ।

मुस्लिम समुदायको बसोबास रहेको ती पालिकाहरुमा वर्षेनि स्थानीय विदा दिने गरिएको छ ।

चारवटा पालिकाहरुले आज सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्यले शुक्रबार कार्यालय तथा विद्यालयहरू बन्द रहने जनाएका छन् ।

मुस्लिम समुदायका श्रद्धालुहरूले शुक्रबार विशेष प्रार्थना, धर्मोपदेश र सामुदायिक कार्यक्रमहरू गर्ने तयारी गरेका छन्।

Adv footer