बिर्तामोड, भदौ २० । प्रहरीले झापाको कमल गाउँपालिकाबाट लागुऔषध बिक्री गरिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको जनाएको छ । कमल ५ पाडाजुँगी चोकबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विराटनगर–८ घर भई हाल दमक–८ बस्ने ३१ वर्षीय भोला अमात राय, भारत बिहार ठाकुरगञ्ज–५ घर भई हाल दमक–८ किरातचोक बस्ने २० वर्षीय आलम खान र दमक–७ सुकुम्बासी टोल बस्ने २८ वर्षीय राजीव मण्डललाई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुलाई हिजो राति ८ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । उनीहरु लागुऔषधको कोरोबारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ५ ग्राम १७ मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भातरीय नागरिकसहित पक्राउ परेका उनीहरु भारतका लागुऔषध कारोबारीसँग नियमित सम्पर्कमा रहेको हुनसक्ने भएर सूक्ष्म अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ ।
