
बिर्तामोड, भदौ २० । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई हजार ५०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख १० हजार ४०० पुगेको हो।
सुनको मुल्य बढेसँगै चाँदीको भाउ वृद्धि भएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ४८० रुपैयाँ कायम भएकोमा आज सोही परिमाणको चाँदी २ हजार ४९० पुगेको हो।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । हिजो तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
झापा लगायत काठमाडौँ उपत्यका बाहिरका जिल्लामा सुन प्रतितोला ५०० रुपैयाँ बढी पर्ने नेपाल सुनचाँदी व्यवसायी संघ झापाले जनाएको छ ।





