२०८२ भदौ २३ सोमबार
Jhapa Today
Adv top

मेचीनगरमा बेहोस भएर एकैदिन दुईजनाको मृत्यु


बिर्तामोड, भदौ २३ । झापाको मेचीनगरमा बेहोस भएर एकैदिन दुईजनाको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे मेचीनगर –७ गैरीटोलमा संबिधान दर्जीलाई स्थानीयले बेहोस अवस्थामा स्थानीयले फेला पारेका थिए ।

मोरङ उर्लाबारी –१ बस्ने १९ वर्षीय दर्जीलाई स्थानीयले सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक प्रभुलाल रेग्मीलाई बुझाएकोमा सशस्त्र प्रहरी टोलीले दर्जीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको थियो ।

प्रहरी टोलीले दर्जीलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा उपचारको क्रममा साँझ ७ः५५ बजे मृत्यु भएको हो ।सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, हिजो राति ८ः१० बजे मेचीनगर –७ सतिघट्टा बस्ने ५० वर्षीय भरत राजवंशी घरदेखि करिब १सय मिटर पश्चिम तारा सोरेनको आँगनमा मृत फेला परेका थिए । आँगनमा लडिरहेको स्थानीयले देखेर प्रहरी चौकी सतिघट्टामा जानकारी गराएका थिए ।

प्रहरी सहायक निरीक्षक रमेश कटुवालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेर्दा राजवंशीको मृत्यु भइसकेको थियो । कानुनी प्रकृया पुरा गरी राजवंशीको शव पोष्टमार्टम लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

Adv footer