
बिर्तामोड, भदौ २३ । जेनजी प्रदर्शनकारीहरुको प्रदर्शनका कारण बिर्तामोड नगरपालिका पनि तनावग्रस्त भएको छ ।

आज दिउँसो ३ः१५ देखि बिर्तामोड –३, बिर्ताबजारस्थित नगरपालिका कार्यालय अगाडि भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रहरीले आन्दोलनकारीहरुलाई तितरबितर बनाउने प्रयास गरिरहेको छ भने आन्दोलनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् । प्रदर्शनकारीहरुले ढुंगा प्रहार गरी नगरपालिकाको धेरै सीसा तोडफोड गरेका छन् ।

