
बिर्तामोड, भदौ २५ । इस्ट होराइजनका एनसीसी क्याडेटहरूले मेचीनगरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरेका छन्।


जेनजीको देशव्यापी रूपमा भदौ २४ र २५ गते भएको विरोध कार्यक्रमपछि उत्पन्न फोहर व्यवस्थापन गर्न इस्ट होराइजनका एनसीसी क्याडेटहरूले सरसफाइ गरेका हुन्।

यस अभियानलाई एनसिसी क्याडेट झापाले स्थानीय युवाहरूको सहकार्यमा अघि बढाएको हो। सो टोलिमा एनसिसी क्याडेट झापाकी निर्देशक रेजिना बनले नेतृत्व गरेकी थिइन् । इस्ट होराइजनका एनसीसी समन्वय शिक्षक विकास ग्वालले सहजीकरण गरेका थिए।

कार्यक्रममा सहभागी क्याडेटहरूले आन्दोलनका क्रममा क्षति पुगेका तथा फोहोर बढेका स्थानमा सफा गर्दै व्यवस्थित बनाएका थिए। उनीहरूले “देशप्रति जिम्मेवार नागरिकका रूपमा फोहर व्यवस्थापन गर्नु र सरसफाई गर्नु हाम्रो कर्तव्य हो” भन्ने सन्देशसमेत दिएका थिए।
