बिर्तामोड, भदौ २६ । झापाको बुद्धशान्ति –७ सुनमाईस्थित मेची राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

हिजो साँझ ६ बजे इलामबाट चारआलीतर्फ आउँदै गरेको प्र. ३–०२–००७ प ६०९० नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर –६ भानु चौक बस्ने ५९ वर्षीय राम श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव प्रादेशिकअस्पतालमा नै रहेको छ ।
