२०८२ भदौ २६ बिहीबार
Jhapa Today
Adv top

झापामा ९२ जना थुनुवा भगाएको प्रहरीको पुष्टि


बिर्तामोड, भदौ २६ । झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट जेनजीको आन्दोलनमा आन्दोलनकारीहरुले ९२ जना थुनुवा भगाएको प्रहरीले पुष्टि गरेको छ ।

भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरुलाइ भगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

Adv footer