बिर्तामोड, भदौ २८ । झापामा विगत ६ दिनदेखि लाग्दै आएको कर्फ्यु आज बिहानदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर सो जानकारी दिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भदौ २४ गतेदेखि सूचना जारी गर्दै कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो ।

आज बिहान अर्को सूचना निकालेर भोलि भदौ २९ गते बिहान ६ बजेसम्म कर्फ्यु लगाउने बताए पनि फेरि दोस्रो सूचना निकालेर कर्फ्यु हटाइएको कार्यालयले जनाएको छ ।

कफ्र्यु हटाइएको सूचना आएपछि झापाको जनजीवन सामान्य बन्ने आशा गरिएको छ । झापामा जेनजीको आन्दोलनको क्रममा सरकारी तथा निजी सम्पत्ती ध्वंश बनाइएको छ ।

जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो ।
