२०८२ भदौ ३० सोमबार
Jhapa Today
Adv top

राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक विदा


बिर्तामोड, भदौ ३० । सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए।

उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले बताए । असोज १ गते शोक दिवस मनाउने निर्णय पनि गरेको छ । त्यस्तै, ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झन्डा ओड्याउने निर्णय समेत भएको छ ।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई सहिद घोषणा गरिएको छ ।

ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री अर्यालले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।

अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निर्णयसँगै न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताए । 

Adv footer