
बिर्तामोड, असोज ४ । झापाको जलथल प्रहरी चौकीमा प्रहरीको बुट र जर्सी चोरीको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हल्दीबारी–४ वडाबारीस्थित जलथल प्रहरी चौकीमा पटक पटक चोरी प्रकरणमा पक्राउ परिसकेका एक जना युवकले सोमबार साँझ करिब ५ बजे चौकीको ढोका फोडेर प्रहरीको बुट र जर्सी चोरेर फरार भएका हुन्।

जेनजी आन्दोलनको प्रभावका कारण हाल सो चौकीमा प्रहरी तैनाथ नभएको र सोही अवस्थामा युवकले मौका पाएका थिए। स्थानीयले घटनाको पुष्टि गर्दै युवकको परिचय प्रहरीले पहिचान गरिसकेको बताएका छन्।
