बिर्तामोड, असोज ५ । झापाको भद्रपुरमा हाडनाता करणी गरेको आरोपमा एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

२२ वर्षीया युवतीलाई असोज २ गते जबरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय व्यक्ति पक्राउ परेका हुन् । युवती सानैदेखि फरक क्षमताकी हुन् ।

दिउँसो २ बजे पीडित सुतेको खाटमा आएर जबरजस्ती करणी गरेर ती व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार हिजो जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दर्ता भएपछि पीडकलाई नियन्त्रणमा लिइएको छ । उनीमाथि अनुसन्धान सुरु गरिएको छ ।
