२०८२ कार्तिक ५ मंगलबार
Jhapa Today
Adv top

झापा इनर्जीको आइपिओ बाँडफाँड सम्पन्न


बिर्तामोड, असोज ८ । झापा इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सर्वसाधारणका लागि निष्कासन गरिएको आइपिओको बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणलाई शेयर बिक्रीका लागि आइपिओ निष्कासन गरेको थियो । उक्त अवधिमा कम्पनीको आइपिओमा १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन सदर भएको छ भने ३४ हजार ४०३ आवेदन बदर भएको छ । यसरी सदर आवेदनमार्फत १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता शेयरका लागि माग परेको हो ।

बाँडफाँड अनुसार कुल ४७ हजार ३३९ जनालाई शेयर पर्न सफल भएका छन् । तीमध्ये ४७ हजार ३३३ जनालाई १० कित्ताका दरले गरी ४ लाख ७३ हजार ३३० कित्ता शेयर र बाँकी ६ जनालाई १÷१ कित्ताका दरले थप ६ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

Adv footer