
बिर्तामोड, असोज ९ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यबाट घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपौयाँले घटेको हो ।




नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बुधबार सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।




त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।




आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ८९ हजार ७३० रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ३०२ रुपैयाँमा कारोबार भइरहेको छ ।



