२०८२ असोज १६ बिहीबार
Jhapa Today
Adv top

मेहरमान ब्याडमिन्टनको उपाधि घिमिरे र सिलवाललाई


बिर्तामोड, असोज ९ । बडादसैँको उपलक्ष्यमा आयोजना गरिएको आन्तरिक खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि सञ्जीव घिमिरे र नवराज सिलवालले जितेका छन् ।

बिर्तामोडस्थित मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा भएको दुई दिने प्रतियोगितामा घिमिरे र सिलवालको जोडी च्याम्पियन बनेको हो । उनीहरुले विकास प्रसाईं र चाणक्य पाठकको जोडीलाई हराएका थिए ।

त्यस्तै, ओमकृष्ण बिमली र तुलसी भट्टराई तथा मीनप्रकाश मैनाली र कृष्ण खड्काको जोडी तेस्रो भएको हलका सचिव तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य मदन खड्काले जानकारी दिए ।

प्रतियोगितामा हलका ५२ जना सदस्यहरुले सहभागिता जनाएका थिए । एक कार्यक्रमका बीच हल व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्र कार्की, प्रमुख अतिथि बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकीले विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

यसैबीच, हल समितिले समाजसेवी तथा व्यवसायी विकास प्रसाईंलाई सम्मान गरेको छ । हलको निर्माणमा सहयोग गरेको योगदानको प्रशंसा गर्दै प्रसाईंलाई सम्मान गरिएको हो ।

Adv footer