२०८२ असोज १६ बिहीबार
Jhapa Today
Adv top

यस्तो छ आजको बिर्तामोडको तरकारीको भाउ


बिर्तामोड, असोज १० । झापाको बिर्तामोड कृषि थोक बजारमा प्याजको भाउ सस्तो भएको छ भने टमाटरको भाउ घटबढ भएको छैन । आज शुक्रबार दिन प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँमा कारोबार छ ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार नेपाली ठुलो टमाटर प्रतिकिलो ४३ देखि ४६ रुपैयाँ मूल्य रहेको छ । रातो आलु प्रतिकिलो ४५ रुपैयाँदेखि ४७ रुपैयाँ, र सेतो आलुको २३ देखि २४ रुपैयाँ रहेको समितिले बताएको छ ।

पहाडको काउली भने घट्न सकेको छैन । खुद्रमा प्रतिकिलो १६० रुपैयाँसम्म रहेको काउली अर्थात फूलकोपी थोकमा प्रतिकिलो ८० देखि १०० रुपैयाँ रहेको छ । इस्कुस प्रतिकिलो १० देखि २० रुपैयाँमा खरिदबिक्री भएको छ ।

त्यस्तै, भिन्डी ८० रुपैयाँ, सेतो मुलाको मूल्य प्रतिकिलो ३२ देखि ४० रुपैयाँ रहेको छ । स्थानीय घिउ सिमीको मूल्य भने उच्च रहेको छ । घिउ सिमी प्रतिकिलो १२० देखि १५० रुपैयाँ रहेको छ ।

बिर्तामोडको थोक बजारमा घिरौला ६० देखि ७० रुपैयाँ, झिगनी १०० देखि १२० रुपैयाँ प्रतिकिलो रहेको छ । त्यस्तै, बैगुन लामो ६० देखि ७० रुपैयाँ, करेला ४० देखि ५० रुपैयाँ प्रतिकिलो रहेको छ ।

त्यस्तै, लौका ४० देखि ४५ रुपैयाँ, परवल ७० देखि ८० रुपैयाँ, चिचिन्डो ३० देखि ३५ रुपैयाँ प्रतिकिलो रहेको छ । बन्दा प्रतिकिलो ३५ देखि ४० रुपैयाँमा कारोबार भएको छ ।

Adv footer