
बिर्तामोड, असोज १२ । झापाका विभिन्न पालिकाबाट एकैदिन फरकफरक उमेर समूहका छजना हराएका छन् । उनीहरु हराएको बारे प्रहरीमा निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




प्रहरीका अनुसार मेचीनगर-१५ की २० वर्षीया अञ्जु मुर्मू हिजो बिहान १० बजेदेखि बेपत्ता भएकी छन् । उनी मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।




त्यस्तै, कनकाई-४ की २० वर्षीय पुनम खड्का ३ वर्षका छोरा सत्यम खड्कालाई साथैमा लिएर बेपत्ता भएकी छन् । उनीहरु हिजो बिहान ८ बजेदेखि सम्पर्कविहीन छन् ।




त्यस्तै, कनकाई-५ तुलसीबारीका कासिना श्रेष्ठको घरमा सानैदेखि बस्दै आएका १४ वर्षीय सुजन हेमरम (सुस्त मनस्थित भएका) हिजो दिउँसोदेखि बेपत्ता छन् ।




त्यस्तै, शिवसताक्षी ३ पाराबारीकी ३० वर्षीया जिना मर्डी असोज ४ गतेदेखि बेपत्ता छिन् । उनी हालसम्म सम्पर्कमा आएकी छैनन् । त्यस्तै, बुद्धशान्ति-३ बुधबारेका १७ वर्षीय उज्ज्वल राई असोज ७ गतेदेखि बेपत्ता छन् । बिहान ६ः३० बजेदेखि उनी हालसम्म कसैको सम्पर्कमा आएका छन् ।



