
बिर्तामोड, असोज १७ । झापाको कमल गाउँपालिकास्थित भित्री सडक खण्डमा दुईवटा सवारी साधन एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।




आज बिहान साढे ११ बजे भएको दुर्घटनामा घाइते भएकाहरुको विवरण आउने क्रममा छ । घटनास्थलमा प्रहरी पुगेका र घाइतेको विवरण संकलन गर्ने काम भइरहेको छ ।




झापाको बैगुनधुराबाट दमकतर्फ आउँदै गरेको मे. १ ख २६९३ नम्बरको बस र मे. १ ह ३४६५ नम्बरको तीपांग्रे अटोरिक्स ठक्कर खाँदा दुर्घटना भएको हो ।




बसले अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको हो । अटोरिक्सामा चढेका तीनजना घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारको लागि अस्पताल लगएिको छ ।




हिजो मात्र झापामा एकैदिन छवटा सडक दुर्घटना भएका थिए । बिर्तामोडनजिकै बुट्टाबारी चिया बगानमा बस पल्टिँदा दुईजनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।



