
बिर्तामोड, असोज १८ । झापाको बाह्रदशीमा स्थानीय खोलामा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । उनी हिँड्ने क्रममा चिप्लिएर खोलामा डुबेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा बाह्रदशी–४ मुन्सी कामत टोल बस्ने ६२ वर्षीय मंगलसिंह मुर्मु रहेका छन् । उनी आज बिहान १०ः३० बजे घाग्रा खोलामा डुबेका थिए ।
खोला तर्ने क्रममा खुट्टा चिप्लिएर डुबेका उनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले देखेर उद्दार गरेर मुर्मुलाई घरतर्फ लैजाँदा उनको मृत्यु भइसकेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले अनुसन्धान गरिरहेको छ ।
प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपछि मृतकका छोरा श्याम मुर्मुले शव बुझिलगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




