
बिर्तामोड, असोज १९ । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाव ५ लाख १० हजार ९६० क्युसेक रहेको जनाइएको छ ।
पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खुलेको छ । त्यस्तै, कोशी ब्यारेज हुँदै सवारीसाधन आउजाउ बन्द गरिएको छ ।
ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्वरूपले प्रतिबन्ध लगाइएको हो । गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्युसेक मापन भएको थियो ।
यो सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक मापन गरिएको थियो ।
कोशी ब्यारेजमा ढाट लगाएर सप्तरी र सुनसरी दुवै तर्फबाट आवागमनमा रोक लगाइएको छ । पानीको सतह पुलसम्म आएको छ ।




