
बिर्तामोड, असोज १९ । हिजो रातिदेखि आज बिहानसम्म परेको भारी वर्षाले आएको बाढीमा कनकाई नदीमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेको पहिचन खुलिसकेको छैन । शव आज बिहान ११ः५० बजे कनकाई–४ कोटीहोमस्थित कनकाई नदीको बीच भागको डिलमा भेटिएको हो ।

अन्दाजी ६०–६५ वर्षका पहाडी मुलकको जस्तो देखिने ती व्यक्रिको शव घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा बाढी झन्डै एक हजार ५०० घरधुरी विस्थापित भएका छन् । झापाका दक्षिणी पालिकाहरु डुबानमा परेका छन् । उनीहरु उद्धार भइसकेको प्रहरीले जनाएको छ ।

झापा, गौरीगञ्ज, कचनकवल, बाह्रदशी गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीबाट प्रभावित बनेका छन् । कनकाई, मेची र बिरिङ खोला गाउँ पसेको छ ।








