२०८२ असोज २४ शुक्रबार
Jhapa Today
Adv top

सुन तोलाको २ लाख ३९ हजार


बिर्तामोड, असोज २३ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बुधबार यसको मूल्य २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३ हजार नाघेको छ । बुधबार २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५ हजार ७५ रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५९३ रुपैयाँमा ५० पैसामा कारोबार भइरहेको छ ।

दसैँपछि सुनको भाउ लगातार बढेको हो । दसैँअघि २ लाख २३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

Adv footer