२०८२ असोज २७ सोमबार
Jhapa Today
Adv top

यु–१३ फुटबलः सैनिक र एकताले अंक बाँडे, हिमालीको जित


भद्रपुर, असोज २५ । झापा भद्रपुरको कलवलगुढीमा सुरु यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सैनिक फुटबल क्लब बिर्तामोड र बिर्तामोडको एकता स्पोर्टिङ क्लबले अंक बाँडेका छन् ।

खेल २–२ गोेलको बराबरीमा सकिएपछि दुवै टिमले एकएक अंक बाँडेका हुन् । आज भएको पहिलो खेलमा सैनिक र एकता स्पोर्टिङले उत्कृष्ट खेल खेलेका थिए ।

त्यस्तै, दोस्रो खेलमा हिमाली युनाइटेड क्लब भद्रपुरले धाइजन चारआली फुटबल क्लबलाई हराउँदै लिग चरणमा उत्कृष्ट सुरुवात गरेको छ । हिमालीले धाइजन चारआलीलाई २–१ गोल अन्तरले हरायो ।

भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।

त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।

प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक १ गते हुनेछ ।

Adv footer