२०८२ असोज २७ सोमबार
Jhapa Today
Adv top

मेची नदीमा सडेगलेको अवस्थामा पुरुषको शव


भद्रपुर, असोज २६ । झापाको भद्रपुरस्थित मेची नदीमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका– ३ बैसाबारीस्थित मेची नदीपारि किनारमा आज बिहान साढे ८ बजे शव फेला परेको हो ।

पहाडे मुलको जस्तो देखिने पुरुष कीरा परेर सडेगलेको अवस्थामा मृत फेला परेपछि वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेको थियो । मृतकको सनाखत हुन बाँकी छ ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर भारतको बाटो भएर मेची पुल हुँदै शव ल्याएर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

गत असोज १९ गते मेची नदीमा आएको बाढीले ती पुरुषलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Adv footer