
बिर्तामोड, असोज २९ । नेपाली बजारमा टिभिएस आई क्युब इलेक्ट्रिक स्कुटर लोकप्रिय बन्दै गएको छ । यो विद्युतीय स्कुटर नेपालमा दुई वर्षअघि भित्रिएको हो । अहिलो बजारमा यसको माग उच्च छ ।




टिभिएस मोटर्सका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री अस्योरेन्स सुविधासहित यो स्कुटर ल्याएको हो । बिर्तामोडमा पाथिभरा अटो लिंकले यी स्कुटर धमाधम बिक्री गरिरहेको छ ।




नेपालीहरूका लागि ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत मुख्य चिन्ता भएकाले टिभिएसले आई क्युबमार्फत नेपालमा इलेक्ट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याइरहेको छ ।




टिभिएस आई क्युब र टिभिएस आई क्युब एस गरी टिभिएस आई क्युबका दुई मोडल उपलब्ध रहेको पाथिभरा अटो लिंकका सञ्चालक याम कार्कीले जानकारी दिए । बिर्तामोडमा यसका तीन मोडल उपलब्ध छन् ।




आई क्युबको मूल्य दुई लाख ९९ हजार ९०० रुपैयाँबाट सुरु भएर तीन लाख २४ हजार ९९९ रुपैयाँसम्म स्कुटर उपलब्ध छन् । चाडबाडको अफरमा हालै लन्च भएको आई क्युब ३.० मोडलको स्कुटरमा १० हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।




यी स्कुटरहरु दुई घण्टामा ८० प्रतिशत चार्ज हुन्छन् । फुल चार्जमा १०० किलोमिटरसम्म चल्ने गरेका छन् । ब्याट्री, मोटर र एमसियु ५ वर्षको वारेन्टीको व्यवस्था रहेका छ भने यी सबै ३ कम्पोनेन्टहरूमा वारेन्टी दिने एक मात्र कम्पनी टिभिएस रहेको छ ।



