
बिर्तामोड, असोज ३० । दुईपांग्रे सवारीसाधनमा नेपालमा लोकप्रिय रहेको टिभिएसले मोटरसाइकल र स्कुटरको ‘टिभिएस तिहार एक्सचेन्ज मेला’ सञ्चालन गरिरहेको छ ।




टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले झापाको आधिकारिक बिक्रेता बिर्तामोडस्थित पाथिभरा अटो लिंकमा यही कात्तिक २ गतेसम्म टिभिएस तिहार एक्सचेन्ज मेला सञ्चालन भइरहेको हो ।




असोज २८ गतेदेखि सुरु भएको टिभिएस तिहार एक्सचेन्ज मेलामा आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टिभिएस खरिद गर्न सकिने पाथिभरा अटो लिंकका सञ्चालक याम कार्कीले बताए ।




टिभिएस तिहार एक्सचेन्ज मेलाअन्तर्गत एक लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको छ । त्यस्तै, ३० हजार रुपैयाँसम्मको न्यूनतम मूल्यांकनको एक्सचेन्ज मेलामा गरिने बताइएको छ ।




कार्कीका अनुसार नागरिकता र लाइसेन्स भए फटाफट फाइनान्सको सुविधासमेता एक्सचेन्ज मेलामा गरिएको छ । त्यस्तै, एक्सचेन्ज अफरमा १० हजार रुपैयाँको मूल्य अभिवृद्धिको व्यवस्था गरिएको छ ।




टिभिएस तिहार एक्सचेन्ज मेलामा हेल्मेट, सिट कभर र रेनकोट निःशुल्क पाइने कार्कीले जानकारी दिए । ग्राहकको सुविधाको लागि टिभिएसले समयसमयमा मेला सञ्चालन गर्दै आएको छ ।



