२०८२ कार्तिक ३ आइतबार
Jhapa Today
Adv top

भद्रपुरमा नक्कली सुनको बिस्कुट दिएर तीन तोलाको सिक्री ठिगी


भद्रपुर, कात्तिक २ । झापाको भद्रपुरमा प्रादेशिक अस्पताल भद्रपुरमा रहेका एकजना बिरामीलाई धेरै सुनको लोभ देखाएर सिक्री लुटिएको प्रहरीले जनाएको छ ।

यसरी ठगिनेमा भद्रपुरका प्रदिपकुमार कार्की रहेका छन् । उनी अस्पतालमा बिरामी कुरुवाको रुपमा गएका थिए । ठगहरुले उनलाई अस्पतालको गेटमै ठगेका हुन् ।

प्रहरीका अनुसार नक्कली सुन दिएर कार्कीसँग तीन तोलाको सुनको सिक्री ठगी भएको हो । बिहान ११ः३० बजे कार्की मुटुसम्बन्धी बिरामीको फलोअपको लागि प्रादेशिक अस्पताल गएका थिए ।

अस्पताल अगाडि उभिरहेको अवस्थामा नाम र नम्बर नखुलेको स्कुटरमा दुईजना अपरिचित व्यक्तिहरु आएर सुनजस्तो देखिने पहेँलो धातु देखाएर कार्कीले लगाएको तीन तोला सुनको सिक्री ठगेका हुन् ।

‘यो मेरो सुनको बिस्कुट राख्नु’ भन्दै उनीहरुले कार्कीले लगाएको सुनको सिक्री ठगी गरेर फरार भएका छन्’ उनले वडा प्रहरी कार्यालय भद्रपुरमा लिखित निवेदन दिएपछि प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको र ठगी गर्ने मानिसहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer