२०८२ कार्तिक ३ आइतबार
Jhapa Today
Adv top

झापामा एक वर्षमा चार शिशु बिवेरिसे भेटिए


बिर्तामोड, कात्तिक २ । झापामा एक वर्षमा चारजना शिशु बेवारिसे अवस्थामा भेटिएको तथ्यांक सार्वजनिक भएको छ । एक दिनअघि मात्र झापाको बुद्धशान्तिमा बेवारिसे नवजात शिशु भेटिएकी छन् ।

यसअघि गत वर्षको मंसिर २३ गते बुद्धशान्ति ४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेकी थिइन् । दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल, भेलभेटको कपडामा पोको पारेर छोडेर गएको अवस्थामा भेटिएकी थिइन् ।

त्यस्तै, गत वर्षको कात्तिक २९ गते मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेका थिए । मेचीनगर ११ सिर्जना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा ती नवजात शिशुलाई फेला पारेकी थिइन् ।

त्यस्तै, गत वर्षको भदौ १२ गते साँझ भद्रपुर ७ को चन्द्रगढी हुँदै फूलबारी टोल जाने बाटोछेउको झाडीमा एक नवजात शिशु बेवारिसे भेटिएका थिए । ती बेवारिसे भेटिएका तीनजना शिशुलाई पालनपोषणका लागि विभिन्न व्यक्तिहरुलाई जिम्मा लगाइएको थियो । त्यसमध्ये एकजना शिशुको मृत्यु भएको छ ।

यसैबीच, हिजो राति अन्दाजी ९ बजे बुद्धशान्ति ७ सुनमाईस्थित सीमा आचार्यको घरको अगाडिको बरन्डामा अन्दाजी ४–५ दिनको जस्तो देखिने शिशु (छोरी) बेवारिसे अबस्थामा भेटिएको हुन् । सोही घरमा भाडा लिई बस्ने ताप्लेजुङ श्रीजगा ७ बस्ने ओमप्रकाश तुमिहाङ लिम्बूले देखेर इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।

Adv footer