२०८२ कार्तिक ४ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडको प्रहरी भवन बनाउन वैदेशिक रोजगार व्यवसायीको १० लाख सहयोग


बिर्तामोड, कात्तिक ३ । वैदेशिक रोजगार व्यवसायी संघ झापाले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनर्निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

जेनजी आन्दोलनका क्रममा गरिएको विध्वंशका कारण काम नलाग्ने बनेको इलाका प्रहरी कार्यालय अनारमनी र ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माणका लागि आज रकम हस्तान्तरण गरिएको हो ।

संघले प्रहरी कार्यालय परसरमै पुगेर सात लाख ९५ हजार ५२० रुपैयाँ बराबरको जिन्सी र दुई लाख पाँच हजार ४८५ रुपैयाँ नगद गरी १० लाख एक हजार पाँच रुपैयाँ हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष धनबहादुर पंधाक, उपाध्यक्ष प्रकाश राई, महासचिव नीरकुमार खत्री (नीरन), सचिव राजेन्द्र पौडेल, कोषाध्यक्ष कृष्णप्रसाद खतिवडा, प्रवक्ता ओमप्रकाश भट्टराईसहित वैदेशिक रोजगार व्यवसायीहरुको टोलीले सहयोग हस्तान्तरण गरेको छ ।

सामाजिक कार्यमा साथ र सहयोग गर्दै आएको संघले इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठ, प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माण अभियानका अगुवा पदम श्रेष्ठ, विपिन बजगाईं, रमेश चौधरीलाई सामग्रीसहित नगद दुई लाख ५ हजार ४८५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

Adv footer