२०८२ कात्तिक ६ बिहीबार
Jhapa Today
Adv top

बिर्तामोडमा बाँसले हानेर राजवंशीको हत्या, चौधरी पक्राउ


बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा झगडा हुँदा एकजनाको मृत्यु भएको छ । हत्यामा संलग्न भएर भागेका बिर्तामोडका अर्का युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति ७ बजे झगडा हुँदा बिर्तामोड-५ कंचनजंघा एफएम छेउका ३० वर्षीय जगन राजवंशीको मृत्यु भएको थियो ।

घटनास्थलमै ढलेका राजवंशीलाई आफन्तले उपचारका लागि बिएन्डसी अस्पताल लगेका थिए । तर, असपताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । उनी आफ्ना दाजुसँग ग्रिलको काम गर्दै आएका थिए ।

राजवंशीलाई बिर्तामोड ५ का हेमकुमार चौधरीले टाउकोमा बाँसले हानेका थिए । झगडाको कारण भने थाहा हुन नसकेको प्रहरीको भनाइ छ । यसबारे अनुसन्धान सुरु भएको छ ।

राजवंशीलाई टाउकोमा बाँस प्रहार गरेर भागेका चौधरीलाई आज बिहान २ः१५ बजे शिवसताक्षी–७ ब्याङडाँडाबाट नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ ।

Adv footer