
बिर्तामोड, कात्तिक १७। हाम्रो वरिपरि धेरै मानिसहरू भेटिन्छन्, जो मौसम परिवर्तन हुँदा सधैंजसो बिरामी पर्छन्। कहिले रुघाखोकी–ज्वरो, कहिले थकान वा अन्य सामान्य संक्रमणले हैरान बनाइरहन्छ। आज हामी तपाईंलाई किन यस्तो हुन्छ भन्नेबारेमा सामान्य जानकारी दिनेछौं ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण हाम्रो कमजोर प्रतिरक्षा प्रणाली (इम्यून सिस्टम) र अस्वस्थ जीवनशैली हो। लामो समयको तनाव, मोटोपना, धूम्रपान, मद्यपान, खराब खानपान, प्रदूषित वातावरण वा पुराना रोगहरू यसमा मुख्य कारक हुन्।
बारम्बार बिरामी पर्नुका १० कारण
तनाव र चिन्ता
मोटोपना
धूम्रपान र मद्यपान
प्रदूषण
निद्राको कमी
पुराना रोग
खराब खानपान
सरसफाइको कमी
बढ्दो उमेर
जिनेटिक्स
जीवनशैलीमा गर्नुपर्ने ९ परिवर्तन
तनाव कम गर्ने अभ्यास गर्नु
सन्तुलित आहार लिनु
पर्याप्त पानी पिउनु
नियमित व्यायाम गर्नु
धूम्रपान र मद्यपान छोड्नु
पर्याप्त निद्रा लिनु
सरसफाइमा ध्यान दिनु
प्रदूषणबाट जोगिन मास्क प्रयोग गर्नु
नियमित स्वास्थ्य परीक्षण गर्नु
बारम्बार बिरामी हुँदा कहिले डक्टरलाई देखाउनेरु
यदि ज्वरो ३–४ दिनभन्दा लामो समय रह्यो भने
लगातार थकान महसुस भयो भने
सास फेर्न गाह्रो भयो भने
पटक–पटक गम्भीर संक्रमण भयो भने
बारम्बार बिरामी पर्नु सामान्य कुरा मात्रै होइन, कतिपय अवस्थामा मधुमेह, थाइराइड, एनीमिया वा अन्य गम्भीर रोगको संकेत पनि हुन सक्छ। त्यसैले आफ्नो जीवनशैली सुधार्नु र आवश्यक परे समयमा डक्टरको सल्लाह लिनु नै स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुरक्षित राख्ने उपाय हो।–एजेन्सी





