२०८२ कात्तिक १७ सोमबार
Jhapa Today
Adv top

मेचीनगरमा चिमरियाले शव चिस्यान गृह बनाउने


बिर्तामोड, कात्तिक १७ । मेचीनगरमा शव चिस्यान गृह बन्ने भएको छ ।

मेचीनगरका समाजसेवी राजन चिमरियाले देश तथा विदेशबाट ल्याएको शव राख्ने चिस्यान गृह निर्माण गर्ने भएका छन् ।

उनले आइतबार आफ्नो जन्मदिनको अवसरमा मेचीनगरमा शव चिस्यान गृह निर्माण गर्ने घोषणा गरेका हुन् ।

चिमरियाले त्यसका लागि नगरभित्र जग्गा उपलब्ध गराईदिन नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई जानकारी गराएको बताएका छन् ।
नगरवासीको निधनपछि छिमेकी पालिकाहरूको अस्पतालमा शव राख्न लानु पर्ने बाध्यता भएकाले आफ्नै ठाउँमा अनुमानित आठ लाख रुपैयाँ खर्च गरेर गृह निर्माण गर्ने भएका छन् ।

Adv footer