बिर्तामोड, कात्तिक १७ । झापाको कनकाईमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
आज दिउँसो १२ः३० बजे कनकाई –२ झण्डी खोपमा तत्काल नामथर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने अन्दाजी ४०–४२ वर्षको पुरुषको घोप्टो परि मृत अवस्थामा फेला परेका हुन् ।
घटनास्थल अनुसन्धान तथा कानुनी प्रकृयाको लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





